चार केजी सुनसहित पाँच जना पक्राउ

लोकप्रिय

दोलखा, असोज ११ गते ।

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दोलखाको विगु गाउँपालिका ३ जामुने स्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा लुकाएर राखिएको अवस्थामा चार केजी सुन भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

सुन ल्याएको सुराकीको आधारमा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्का र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामा सहभागी १५ जनाको प्रहरी टोलीले सिता तामाङको घरमा लुकाई राखेको ठाउँबाट बुधवार राति उक्त सुन बरामद गरेको थियो ।

सुन ओसारेको आरोपमा बुधवार राति नै विगु गाउँपालिका–१ लामा बगरका विभिन्न ठाउँबाट पक्राउ गरिएका शङ्कास्पद व्यक्तिहरू दोलखा विगु गाउँपालिका–३ का १९ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र २० वर्षीय माधव मगर तथा उनीहरूको बयानको आधारमा बिहीबार चरिकोट स्थित शुभकामना होटलबाट पक्राउ परेका विगु गाउँपालिका–१ का ५५ वर्षीय नुर्वुछिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

नियन्त्रणमा लिइएको पाँचै जनालाई अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेकाहरूलाई चिनियाँ नागरिकले नै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उहाँले बताउनुभयो ।

उक्त सुन लामा बगरको फलाक नाकाबाट भित्रिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आइतबार मात्र तिब्बतसँग सीमा जोडिएका दोलखाको दुई नाका फलाक हुँदै जाने रोङसिया र क्वादम खुला गरेको थियो ।

फलाक नाकाबाट १२/१५ केजी सुन भित्रिएको आशङ्का प्रहरीले गरेको छ ।

ताजा समाचार

Related Articles