डेङ्गु सङ्क्रिमत छ हजार नाघ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ११ गते ।
बागमती प्रदेशमा डेङ्गु रोगको सङक्रमितको छ हजार नाघेको छ । गत २४ घण्टामा १२१ जना डेङ्गु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या छ हजार ६८१ पुगेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि बिहीबारसम्ममा यस प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।
ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिनुभएको छ ।
प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार ४६१, काठमाडौँमा एक हजार १७८, ललितपुरमा ४८२, भक्तपुरमा २५५, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन ४८७, मकवानपुरमा ५३७, काभ्रे ५८, सिन्धुली ३४, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेङ्गु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्र तीन हजार १६७ जनामा प्रदेशभरमा डेङ्गु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

ताजा समाचार

Related Articles