डेरी एसोसिएसनको साधारणसभा धनगढीमा हुने

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, असोज ११ गते ।
नेपाल डेरी एसोसिएसनको २३ औँ वार्षिक साधारण सभा आगामी पुस महिनामा सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने भएको छ ।
काठमाडौँमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा चौथो केन्द्रीय समितिको चौथो बैठकले वार्षिक साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालको संयोजकत्वमा
साधारण सभा तयारी समिति गठन गरेको छ ।
समिति बैठकले तत्काल दूध, बटर, धुलो दूध बढी भएको र बजारमा दूध खपत नभएको समस्या हल गर्न एसोसिएसनका प्रथम उपाध्यक्ष दीपप्रसाद धमलाको संयोजकत्वमा उपसमिति बनाएको छ । समिति सदस्यहरुमा एसोसिएसनका उपाध्यक्ष मनोजकुमार घिमिरे, उपमहासचिव विजयप्रसाद चौरसिया, एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने र सदस्य योगेन्द्र चिमरिया रहनुभएको छ ।
एसोसिएसनले विभिन्न निकायहरुसँग समन्वय गरी वर्तमान समस्याहरुको हल गर्न आन्तरिक सदस्यहरु बिच सामान लिने दिने गर्न आफ्ना सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बङ्गलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यात गर्न एसोसिएसनले तत्काल पहल गर्ने र रैथाने हाट बजारमा प्रत्येक शनिबार एसोसिएसनले मही सेवन गराउने अभियानलाई अब अन्य स्थानमा पनि शुरु गर्न सबै प्रदेशलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

ताजा समाचार

Related Articles