पोखरा, असोज १५ गते ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक चौतर्फी सङ्कटमा परेको बताउनुभएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पोखरामा सुरु भएको प्रथम ऐतिहासिक अधिवेशनको सोमबार उद्घाटन गर्दै महासचिव पोखरेलले अहिले जनताको जीवन असहज बन्दै गरेकोले मुलुक चौतर्फी सङ्कटमा परेको बताउनुभएको हो ।
एमालेमाथि चौतर्फी आक्रमण र घेराबन्दी भई रहेको उहाँले दाबी गर्नुभयो । एमाले नेतृत्वमा लगातार ३ वर्ष सरकार चलाउँदा उच्च आर्थिक वृद्धिदर भएको उहाँको भनाइ छ ।
मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा करिब ९ सय प्रतिनिधि सहभागी भएका अधिवेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यले जानकारी दिनुभयो ।