मुलुकमा आर्थिक परिर्वतन जरुरी छ

लोकप्रिय

पश्चिम नवलपरासी, असोज १५ गते ।

पुर्व राष्ट्रपति डा.रामबरण यादवले मुलुकमा महत्वपूर्ण राजनैतिक उपलब्धि हासिल भइसकेकाले अब आर्थिक परिर्वतनको आवश्यकता रहेको बताउनुभएको छ ।

आज पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकामा निर्मित विपि कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले नयाँ संविधान जारी भएसँगै मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेकाले अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।

सबै वर्ग जातजाति, भाषा, धर्मलाई अहिलेको संविधानले समेटेको उल्लेख गर्दे उहाँले संविधानको कार्यान्व्यनको पाटो भने पेचिलो बन्दै गएको बताउनुभयो ।

दलहरुले संविधानको पुर्ण कार्यान्वयनका लागी भुमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै पुर्व राष्ट्रपति यादवले जनताले त्यसलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । ‘जनताले वाचडगको रुपमा काम गर्नुपर्छ, दलहरुले बाटो विराउन सक्छन् खबरदारी निरन्तर जरुरी छ यादवले भन्नुभयो ।’

फरक प्रसंगमा पुर्व राष्ट्रपति यादवले अहिले चुरे क्षेत्र दोहन भइरहेको बताउँदै त्यस्को नियन्त्रण गर्न नसके अन्नभण्डार तराईको भुमि मरुभूमिका परिणत हुने चिन्ता व्यक्त गर्नुभयो । ‘सरकारले चुरे क्षेत्र संरक्षणमा प्रभावकारी काम गर्न सकेको छैन् यादवले भन्नुभयो, अब चुरे दोहन रोकिएन् भने तराई मरुभूमिका परिणत हुन्छ ।’

पछिल्लो समय मुलुक भित्र उत्पादन घटेर विदेश बाट आयात वृद्धि भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतमा विदेश समान निर्यात गर्ने मुलुक अहिले हरेक कुरा आयातमा निर्भर भएको बताउदै उहाँले नेपाली जनतामा काम गर्ने प्रवृत्ति हराउदै जानु सुखद संकेत नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो  ।

ताजा समाचार

Related Articles