सवारी दुर्घटनामा नौ यात्रु घाइते

लोकप्रिय

हेटौँडा, असोज १५ गते ।

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन् ।

आज बिहान विरगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका नौ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको जनाइएको छ । घाइतेको नाम खुल्न बाँकि रहेको छ । दुवै सावारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

ताजा समाचार

Related Articles