हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयक प्रदेश सभा पेस गरिने

लोकप्रिय

हेटौँडा, असोज १५ गते । 

बागमती प्रदेश सरकारले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० बागमती प्रदेश सभामा पेस गर्ने भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० बागमती प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बैठकले प्रदेशको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने र प्रदेश सुशासन केन्द्र स्थापना तथा कार्य सञ्चालन आदेश २०७७ संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक र चलचित्र विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles