आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह

लोकप्रिय

काठमाडौँ, असोज १७ गते ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।’ 

ताजा समाचार

Related Articles