विश्व बैकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

लोकप्रिय

काठमाडौँ, असोज १७ गते ।

 सरकारले विश्व बैकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण तथा ३ दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्व बैकबाट प्राप्त हुने सो सहायता नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि खर्च गरिने बताउनुभयो । 

मन्त्री शर्माले  मन्त्रिपरिषद् बैठकले स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ५ दशमलव ४५ मिलियन स्वीस् फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको बताउनुभयो । 

यस्तै सरकारले नेपाल र स्वीट्जरल्याण्ड तथा नेपाल र रूवाण्डा बीच दुई पक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतमा अधिकृत स्तरको १ सय ७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles