हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अवरुद्ध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १७ गते ।
गए रातिदेखि परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरुको दुई वटा सडक बुधबार बिहानैबाट अवरुद्ध बनेको छ ।
कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यातायातका साधन चलेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडा सडक खण्डमा पहिरो जाँदा बुधबार बिहानैदेखि सवारी साधनको आवागमन बन्द भएको हो ।
यस्तै पहिराको कारण हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–फर्पिङ सडकको कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा बिहानैदेखि यातायात अवरुद्ध भएको छ । वर्षा रोकिएमा ती दुवै सडकखण्डमा गएको पहिरो अपरान्हसम्ममा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

तस्विरः कान्ति लोकपथको सिमात नजिकै सडक खण्डमा पहिरो हटाउँदै ।

ताजा समाचार

Related Articles