नेपालगञ्जमा जारी कर्फ्यु आंशिक रुपमा हटाइयो

लोकप्रिय

बाँके, असोज १८ गते ।

 तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गरी बिहान ८ देखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर दुई समुदायबीच उत्पन्न तनाव मत्थर हुँदै गएसँगै नेपालगञ्जको अवस्था सामान्य हुँदै गएको छ । हिजो बसेको सर्वपक्षीय बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको थियो ।

स्थानीय प्रशासनले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तीको संरक्षण, सामाजिक सद्‍भाव कायम गर्न र मानवअधिकारको सम्मान गर्न सबैमा अपिल पनि गरेको छ ।

ताजा समाचार

Related Articles