प्रदेश सभा बैठक यही असोज २१ गते

लोकप्रिय

हेटौँडा, असोज १८ गते ।
बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते बस्ने भएको छ ।
बुधबार अर्को सूचना नभएसम्मका लागि भन्दै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गर्नुभएको बैठक आइतबार दिउँसो ३ः०० का लागि बोलाइएको हो । यसअघि सोमबार नेकपा एमालेको अवरोधका कारण सूचना टाँस गरेर बैठक मङ्गलबार दिउँसोसम्म लागि स्थगित गरिएको थियो । मङ्गलबारको बैठकसमेत दलहरुबिच सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । एमालेले विरोध गर्दै आएको चिठासम्बन्धी विधेयक पुनर्विचार गरियास् भन्ने प्रस्ताव कार्यसूचीबाट हटाउने सहमतिपछि बुधबारको बैठक बसेको थियो ।
आगामी आइतबारको बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

ताजा समाचार

Related Articles