ड्रोन आक्रमणमा एक सय बढीको मृत्यु

लोकप्रिय

सिरिया, असोज १९ गते ।

सिरियाको होम्स सहरमा रहेको एउटा सैन्य एकेडेमीमा भएको ड्रोन आक्रमणमा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।

सेनाका क्याडेटहरुको स्नातक समारोह भइरहेका बेला विष्फोटक पदार्थले भरिएको ड्रोन आक्रमण गरिएको हो । क्याडेटहरुको स्नातक समारोहमा उनीहरुका परिवार उपस्थित भएका बेला आक्रमण गरिएकाले मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् ।

आक्रमण अन्तर्राष्ट्रिय सेनाले समर्थन गरेको आतंकवादी समूहले गरेको सरकारी सेनाको आरोप छ । देशमा जारी गृहयुद्धमा सरकारसँगै लडिरहेको विद्रोही समूह जिहादीहरुले आक्रमणको विषयमा कुनै दाबी गरेका छैनन् ।

होम्स शहरको उत्तर पश्चिममा रहेको विपक्षी नियन्त्रित क्षेत्रबाट ड्रोन आक्रमण गरिएको अनुमान गरिएको छ ।

ताजा समाचार

Related Articles