सम्भावनालाई अवसरमा बदलौँ 

लोकप्रिय

सिद्धार्थनगर, असोज १९ गते । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार हुने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले जताततै निरासाका कुराले पनि बजार बिग्रिएको दाबी गर्नुभयो । 

उहाँले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै नेपालमा देशभित्र देखिएका सम्भावनालाई अवसरमा बदल्न पनि आग्रह गर्नुभयो । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रसस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले आफूले शुन्यबाट सुरु गरेर व्यावसायिक घरानाको नतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ अवसरको सिर्जना गर्न नसकिएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासको लागि बुटवल उपमहानगरपालिका बुटवल उद्योग वाणिज्य संघसहित निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।   

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यावसायिक वातावरण विग्रिदै गएको औंल्याउदै व्यावसायिक वातावरण बनाइदिन तीनै तहका सरकारसँग आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles