सुशासन कायम गर्न सके मात्र न्याय हुन्छः अध्यक्ष नेपाल

लोकप्रिय

खाशकुरा संवाददाता
हेटौँडा, असोज १९ गते ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नागरिकको समस्या समाधान गरेर राज्यमा सुशासन कायम गर्न सके मात्र उनीहरुमाथि न्याय हुने बताउनुभएको छ ।
समाजवादी अभियान अन्तर्गत शुक्रबार हेटौँडामा आयोजित सभामा बोल्दै अध्यक्ष नेपालले नागरिकमा आफ्ना नीति तथा एजेण्डा स्थापित गर्दै सहकार्यका लागि अभियानमा जुटेको बताउनुभयो ।
नागरिकहरुका समस्या समाधान गर्न मेचीदेखी महाकाली समाजवादी अभियान सञ्चनाल गरेको बताँदै उहाँले नागरिकका समस्याहरुलाई सडकसँगै संसद र सरकारबाट समाधानको पहलका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।
एकीकृत समाजवादी मुलुकमा समाजवाद स्थापनाको लागि प्रतिवद्ध रहेको र त्यसका लागि नागरिकलाई समाजवाद बारे जानकारी गराउनुपर्ने बताउँदै उहाँले पार्टीले कृषि क्षेत्रको विकास र विस्तारबाट अर्थतन्त्र मजवुद हुने नीति अवलम्बन गरेको बताउनुभयो ।

नागरिकको सस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । त्यसैका लागि पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको हो । जनताका माझमा पार्टीका नीति र मुद्दा स्थापित गर्दै उनीहरुलाई आकर्षित गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘राज्यले सुशासनको प्रत्याभूति दिलाउन सके मात्र जनतामाथि न्याय हुन्छ । जनताका न्यायका लागि अभियान मार्फत् पार्टी र सरकारबाट पहल भइरहेको छ । नागरिकसँगको सहकार्यमा मात्र मुलुक समृद्ध हुन सक्छ ।’
पार्टीले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार तथा आर्थिक सम्ृद्धिका विषयहरु नागरिक माझमा पु¥याएको भन्दै अध्यक्ष नेपालले कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकलाई समृद्ध बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
उहाँले सरकारले गरेका कामहरु बारे जानकारी गराउन र पार्टीलाई आम नागरिकसँग जोड्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रमा एकीकृत समावादी पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा वडा तहमा पु¥याउनु पर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles