कविहरूको कोठे बैठक 

लोकप्रिय

काठमाडौं, असोज २० गते । गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको आयोजनामा कोठे बैठक (कवि गोष्ठी) सम्पन्न भएको छ ।

बैठकका वरिष्ठ कवि द्वारिका श्रेष्ठले नेपाली महिला साहित्यकार तथा लेखिकाहरूबिच छलफल तथा साहित्यिक गतिविधि गर्ने उद्देश्यले स्थापित यस संस्थाले नेपाली साहित्यको विकासमा विशिष्ट योगदान पुर्याएको विचार व्यक्त गर्नुभयो । 

वरिष्ठ सर्जक मञ्जुलले महिला साहित्यकारहरूको पहलमा स्थापित संस्था समावेशी अवधारणाअनुसार कार्य गर्दै समग्र नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित रहेको पाएको छु भन्नुभयो । 

संस्थाकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठले नारी साहित्य संस्था भनिए पनि संस्थाले रचना वाचन, बैठकमा आमन्त्रण, पुरस्कार प्रदानजस्ता तथा कुनै पनि कार्यमा महिला र पुरुष भनी विभेद नगरेको बताउनु भयो । 

कार्यक्रममा, संस्थाका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, कविहरू लक्ष्मी उप्रेती, राधेश्याम लेकाली, प्रभा बराल लगायतले कविता वाचन गरेका थिए । संस्थाद्वारा २०५४ देखि संस्थाका अध्यक्ष तथा सदस्यहरूको स्वेच्छामा कोठे बैठकको नामबाट घरघरमा कवि गोष्ठी, रचना वाचन, नेपाली साहित्यका विविध पक्षमा छलफल गरिँदै आएको छ । 

संस्थाले वार्षिकरुपमा करिब आधा दर्जन पुरस्कार वितरण, पत्रिका प्रकाशन, अध्ययन भ्रमणजस्ता रचनात्मक कार्य गर्दै आएको छ ।  

ताजा समाचार

Related Articles