चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यकः मन्त्री बस्नेत

लोकप्रिय

हेटौँडा, असोज २० गते । 

हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना गरिएको छ ।

अस्पतालको शनिबार उद्घाटन गर्दै नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको अहिलेको स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐनमा संशोधन आवश्यक भएको बताउनुभयो ।

उहाँले ऐनमा संशोधन नभएमा पाँच वर्षपछि नेपालमा नर्स र चिकित्सक अभावको समस्या अझै थपिने बताउँदै नर्स, चिकित्सा अध्ययनका नाममा वार्षिक करोडौँ रुपियाँ विदेशिने बताउनुभयो । 

सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि मुहान नै संग्लो हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आवश्यक भएको औंल्याउँदै सरकारले शैयालगायतका स्वास्थ्य क्षेत्रमा गरेको निःशुल्कको व्यवस्था कार्यान्वयनका लागि जनप्रतिनिधिको दायित्व रहेको बताउनुभयो । 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधारगरी स्वास्थ्यलाई हुनेखानेको मात्र नभएर हुँदाखानेको समेत पहुँचमा पुगाउन लागेको बताउनुभयो । 

प्रदेश सभा सदस्यद्वय प्रेमबहादुर पुलामी र एकलाल श्रेष्ठलगायतले चिकित्सकमाथि हुने दुव्र्यवहार रोकिनुपर्नेमा जोड दिनुभयो । अस्पतालका अध्यक्ष डा. अवन गौतमले १५ शैयाको अस्पताल निर्माणमा हालसम्म पाँच करोड रुपियाँ लागेको र थप दुई करोड रुपियाँ लाग्ने जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles