राजतन्त्र फर्केला भन्नु बेकार हो 

लोकप्रिय

नवलपुर, असोज २० गते । 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको बताउनुभएको छ । तर राजतन्त्र अब फर्कन सम्भव नरहेको उहाँको भनाइ छ ।

पूर्वराजा शाह विभिन्न मठमन्दिर घुम्ने, धार्मिक सभाहरू गर्दै हिँड्ने नाममा राजसंस्था फर्काउन सकिन्छकि भनेर छलफल गरिरहेको उहाँको भनाइ छ । पार्टीको मेची–महाकाली जागरण अभियान तथा सङ्गठन विस्तार कार्यक्रमलाई नवलपुरको कावासोतीमा सम्बोधन गर्दै नेता खनालले विगतको राजतन्त्र इतिहासको कठघरामा पुगेर भासिएको भन्दै अव त्यस्तो कल्पना गर्नु बेकार हुने बताउनुभयो । 

सो दलका महासचिव घनश्याम भुसालले सबैको साझा प्रयासले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो । छिन्नभिन्न भएको बाम शक्तिलाई आफ्नो दलले जोड्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो । 

ताजा समाचार

Related Articles