राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

लोकप्रिय

काठमाडौँ,, असोज २० गते । 

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गर्नुभएको छ । अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको महासभा तथा छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ शीतलनिवासमा भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफनो दुबै भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । उहाँका अनुसार सो भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छलफल भएको थियो । 

यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज  भेटगरी समसामयिक   विषयमा छलफल गर्नुभएको पनि पोखरेलले बताउनुभयो । 

ताजा समाचार

Related Articles