ललितपुर, असोज २१ गते ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश, हेटौँडाले दुग्ध उत्पादक किसानलाई उपलब्ध गराएको दुध उत्पादन प्रोत्साहन अनुदान दृश्य बहुउद्देश्यीय सहकारी संस्थाले वितरण गरेको छ । आ.व. २०७८।७९ को प्राप्त भएकोले अनदान वितरण कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापती, सहकारी महासंघका संचालक, नेप्सकुनका पूर्व अध्यक्ष डिबि बस्नेतको प्रमूख आतिथ्यता एवं सहकारीका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रमूख अतिथि बस्नेतले सहकारी एउटा माध्यम बनेर किसानको हितमा काम गरिरहेको हुन्छ र सहकारीको साथमा किसानले आफ्नो हितमा काम गराउन सक्छ भन्दै सदैव सहकारीको साथ लिनुपर्ने बताउनु भयो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमूख कृष्ण कार्कीले प्रोत्साहन अनुदान किसानको लागि हौसला प्रदान गर्न र थप हरेक वर्ष दुध उत्पादन बढाएर बिक्री गर्न किसानलाई दिएकोले अनुदानको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
सहकारीले १८ लाख २६ हजार ७६१ रुपियाँ रकम अनुदान पाएको थियो । सो रकम १०८ जना किसानलाई वितरण गरिएको छ ।