एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत नेतृत्व

लोकप्रिय

काठमाडौँ, असोज २१ गते ।

 नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि प्रेमकुमार पराजुली निर्विरोध अध्यक्षतामा निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ । 

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । पूर्व निर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनको यही असोज १९ गते  एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles