खोलाले बगाएर दुई महिलाको मृत्यु

लोकप्रिय

हेटौँडा, असोज २१ गते ।
चितवनमा राप्ती खोलाले बगाएर दुई महिलाको मृत्युभएको छ ।
त्यसैगरी भरतपुर महानगरपालिका २५ राप्ती खोलाको जमुनाघाट क्षेत्रमा निउरो टिप्न खोला तर्दै गरेको अवस्थामा दुई जना महिलालाई खोलाले बगाएर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार भरतपुर २४ बस्ने वर्ष ४८ की फडी मायाँ अधिकारी र वर्ष ३२ की निरमायाँ श्रीमललाई खोलाले बगाएकोमा अधिकारीको शव तत्काल खोलाबाट निकालिएको थियो । यस्तै खोलाले बगाएर बेपत्ता भएकी निरमायाँको शव घटनास्थलबाट तीन सय मिटर तल नेपाली सेनासहितको टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles