‘तिम्रो खुशी’ को लोकार्पण

लोकप्रिय

ललितपुर, असोज २१ गते । 

गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीति आल्बम ‘तिम्रो खुशी’ आइतबार कुपण्डोलमा लोकार्पण गरिएको छ । लामो समयदेखि उपन्यास विधामा कलम चलाउँदै आउनुभएका ताम्राकारले क्यान्सरजस्तो जटिल रोगलाई जितेर केही समय यता गीत रचनातर्फ लाग्नुभएको छ ।

पूर्व न्यायाधीश गीतकार कल्याण श्रेष्ठले तिम्रो खुशीको लोकार्पण गर्नुभयो । बरिष्ठ गायककार तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठले शक्ति बल्लभको ‘खोलावारी खोलापारी पिपल र बर, हावा चल्यो पात हल्यो माया वरवर’ गीत गाएको स्मरण गर्दै अझै पनि शक्ति वल्लभको गीत गाउने इच्छा भएको तर स्वास्थ्यले आँट नगरेको भन्दै साङ्गीतिक प्रस्तुत गर्नुभयो । 

सो अवसरमा वरिष्ठ साहित्यकार एसपी कोइराला, चुडामणि देवकोटाले संग्रहका गीतहरु गम्भीर तथा सरल प्रकृतिको रहेको बताउनुभयो । कार्यक्रममा एल्बमसँग सम्बन्धित व्यक्तिहरु गीतकार, संगीतकार, गायककार र एरेन्जरलाई खादा तथा एल्बम प्रदानगरी सम्मान गरिएको छ । 

ताजा समाचार

Related Articles