प्रदेश सञ्चार माध्यमसम्बन्धी विधेयकको प्रतिवेदन पेस

लोकप्रिय

हेटौँडा, असोज २१ गते ।
बागमती प्रदेशको प्रदेश सभा बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तयार प्रतिवेदनसहितको विधेयक पेस गरिएको छ ।
प्रदेश मामिला समितिमा दफावर छलफलपछि समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले समितिले गरेको निर्णयसहितको प्रतिवेदन पेस गर्नुभएको हो । चालु अधिवेशनमा प्रदेश सभामा पेस भएको सो विधेयक यसअघि प्रदेश सभा बैठकले दफावार छलफलका लागि समिति पठाउन स्वीकृत प्रदान गरेको थियो ।
समितिका ज्येष्ठ सदस्य अधिकारीले विधेयकमाथि छलफल गर्न समितिको दुई वटा बैठक बसेको जानकारी दिँदै विधेयकमाथि दफावार छलफलपछि राय सुझावसहित समितिको आइतबारको बैठकले प्रतिवेदन प्रदेश सभामा पेस गर्ने सर्वसम्मत् निर्णय गरेको जानकारी दिनुभयो ।
प्रदेश सभाको विभिन्न विषयगत समितिमा चार वटा विधेयक दफावार छलफलका क्रममा रहेका छ ।

ताजा समाचार

Related Articles