लागूऔषध र नगदसहित पाँच जना पक्राउ

लोकप्रिय

खाशकुरा संवाददाता
हेटौँडा, असोज २१ गते ।
मकवानपुर प्रहरीले लागूऔषध र नगदसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुमार अनुसार प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्तीस्थित प्रतापपुर कच्ची सडकमा प्रतापपुरबाट लागूऔषध ६०२ बोतल कोडिन, २५ ग्राम चरेश जस्तो देखिने पदार्थ र आठ लाख रुपियाँ नगद बरामद गरिएको हो । प्रहरीले बरामद गरिएको लागूऔषध, नगदसहित पाँच जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रतापपुरबाट पूर्वपश्चिम लोकमार्गतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ४५४१ नं. को मोटरसाईकल र उक्त मोटरसाइकलको पछि लागि पैदल भारी बोकी आएका अन्य चार जना पुरुष व्यक्तिलाई खानतलासी गर्दा निजहरुले लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागूऔषधसहित नगद बरामद गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । प्रहरीले मकवानपुर कैलाश गाउँपालिका ८ घर भई हाल मनहरी गाउँपालिका ६ बस्ने वर्ष ३३ को विकाश भन्ने मोटरसाइकल चालह कुमार मुक्तान, वर्ष ३५ का रामबहादुर स्याङ्बो, मनहरी गाउँपालिका ४ रमनटार बस्ने वर्ष ३० रामचन्द्र गोले, पर्सा जिल्ला ठोरी गाउँपालिका ८ बस्ने वर्ष ३२ का जितबहादुर चापागाई र मनहरी गाउँपालिका ४ बस्ने वर्ष २० का दालबहादुर मोक्तानलाई मोटरसाइकलसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

ताजा समाचार

Related Articles