इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख उपलब्ध गराइने

लोकप्रिय

धनगढी, असोज २२ गते ।

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाख उपलब्ध गराउने भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्नु हुँदै विद्रोही समूहको आक्रमणबाट इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई जनही राहत स्वरूप २ लाख उपलब्ध गराउने जानकारी दिनुभयो । LEARN AND EARN कार्यक्रम अन्तर्गत इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीलाई प्रदेश सरकारका तर्फबाट राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराइनेछ, विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन तथा घाइते विधार्थीहरुकाे खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण साथै नेपाल फर्किन इच्छुक नेपालीहरूलाई फिर्ता गराउने कार्यका लागि प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, इजरायल स्थित नेपाली राजदूतावासलाई अनुरोध गर्नु भएको छ । साथै, यस आततायी घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै त्यस कार्यको घोर भर्त्सना गर्दछु, उहाँले भन्नुभएको छ । 

आतङ्कवादी समूह हमासकाे आक्रमणमा परि इजरायलमा मारिने विद्यार्थीमा सुदूरपश्चिम प्रदेशको कैलालीका आशिष चौधरी, नारायण प्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, लाेकेन्द्रसिंह धामी,  डाेटीका पदम थापा र राजन फुलारा रहेका छन् ।

ताजा समाचार

Related Articles