प्रदेश निजामती विधेयक पारित

लोकप्रिय

सुर्खेत, असोज २२ गते । 

सुर्खेत, असोज २२ गते । कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो । 

विधेयक पारितका लागि सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सभाबाट प्रस्ताव पेश गर्नुभएको थियो । साउन २५ गते प्रदेश सभामा दर्ता भएको थियो । प्रदेश सभामा टेबुल भई आवश्यक छलफल र संशोधनका लागि प्रदेश मामिला समितिमा गएको थियो ।

ताजा समाचार

Related Articles