काठमाडौँ, असोज २३ गते ।
नेपाली काँग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
प्रमुख सचेतक लेखकले जोखिममा परेकाको उद्धार गरी सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरूको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
यस्तै बैठकले प्यालेस्टेनी विद्रोही समूह हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी गरी उनीहरूको स्थिति सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।