चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौ 

लोकप्रिय

काठमाडौँ, असोज २४ गते ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । 

कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर डाक्टर, नर्स सहित स्वास्थ्य सम्बन्धी विषय पढ्नका लागि विदेश जानु पर्ने अहिलेको बाध्यता हटाउने दाबी गर्नुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो । जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरूले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ । अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै पर्याप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने सुनिश्चित हुनेछ ।’’

चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् र राजनीतिक दलहरूका नेता समेत सहमत रहेको बताउनुहुँदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गर्नुभयो ।

कार्यक्रम कागेश्वरी महोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो ।

ताजा समाचार

Related Articles