फरारमध्ये सात पक्राउ, छ जना धरौटीमा रिहा

लोकप्रिय

हेटौँडा, असोज २४ गते । 

चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चिकित्सकमाथि दुव्र्यबहार गरी फरार रहेकामध्ये सुवास स्याङतानलाई आज पक्राउ गरेको जनाएको छ । 

हेटौँडा उपमहानगरपालिका –१ भिन्तुनापथमा रहेको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि दुव्र्यवहार गर्ने घटनामा संलग्न फरार रहेका हेटौँडा १२ सिक्रेनीका वर्ष ३६ का स्याङतानलाई हेटौँडा १० स्थित बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार पक्राउ परेका स्याङतानलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि गत भदौ २७ गते बुधबार अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो । 

हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका राजेश प्रधानको गत साउन २५ गते भएको मृत्युको विषयलाई लिएर उनका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीको चिकित्सक कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत भदौ २९ गते किटानी जाहेरी दिनुभएको थियो । 

मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले १३ जनाविरुद्ध कारबाहीको माग दावी गरिएकोमा सात जना पक्राउ परिसकेको बताउँदै ६ जना फरार रहेको बताउनुभयो । उहाँले यसअघि पक्राउ परेकामध्ये पाँच जना जनही दुई–दुई लाख रुपियाँ र मृतककी श्रीमती रमा प्रधान दुई लाख ५० हजार रुपियाँ धरौटीमा छुटेको बताउनुभयो ।   

गत साउन २२ गते आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका राजेश प्रधानलाई अस्पतालले २३ गते चितवनस्थित अस्पतालमा उपचारको लागि भर्ना गरेको थियो । ४१ वर्षीय प्रधानको उपचारको क्रममा गत साउन २५ गते चितवनमा मृत्युभएको थियो । 

ताजा समाचार

Related Articles