वयस्क पोथी गैँडा मृत फेला 

लोकप्रिय

चितवन, असोज २४ गते 

चितवन राष्ट्रिय निकुञ्जमा वयस्क एउटा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीय पोथी गैँडा मृत भेटिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले  जुधेर पोथी गैँडा मरेको जानकारी दिनुभयो  । मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको  छ । यो सँगै चालू आर्थिक वर्षमा पाँचवटा गैँडा मरेका छन् । जस मध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको थियो  । 

ताजा समाचार

Related Articles