गणतन्त्रको विकल्प छैन 

लोकप्रिय

कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ ।

पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत आज कैलालीको टीकापुरमा भएको सभालाई सम्बोधन गर्दै उहाँले जनताको ठूलो बलिदानीबाट गणतन्त्र प्राप्त भएको बताउँदै यसलाई मास्ने कसैलाई अधिकार नभएको बताउनुभयो ।

समाजवादी अभियानले देशलाई सचेत बनाउने बताउँदै उहाँले जुनसुकै दल वा सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले हामी दुई ठूला देशको बिचमा भएकाले सही तरीकाले चल्न नसके हामी आफै बर्वाद भएर जाने बताउँदै त्यस विषयमा सचेत हुनुपर्ने बताउनुभयो ।

देशका अधिकांश युवा विदेश पलायन भइरहेकाले तिनीहरूलाई रोक्न देशको कृषि क्षेत्रमा लगानी बढाउन सके मात्र देशको विकास हुने उहाँको भनाइ थियो ।

ताजा समाचार

Related Articles