काठमाडौँ, असोज २६ गते ।
राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताउनुभएको हो । उहाँले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताउनुभयो ।
उहाँले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्णरुपमा कार्यान्वयन हुन नसकेको जिकिर गर्नुभयो । आयोगका अध्यक्ष मगरले सिफारिस पूर्णरुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताउनुभयो । उहाँले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताउनु भयो ।
‘‘हालसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा आएका छन्, स्थापना कालदेखि । त्यसमा ८० प्रतिशत जति द्वन्द्वसँग नै सम्बन्धित छन् । हालसम्म कुल निर्णय भएको नौ हजार १३६ निवेदनहरु राष्ट्रिय मानव अधिकार आयोगमा आएका थिए, यसमा निर्णय भइसकेको छ । त्यसमध्ये कुल हामीले सिफारिस गरेको १४ सय ३३ अन्तिम राहत, पीडितलाई क्षतिपूर्ति, विभागीय कारबाही, कारबाही प्रक्रिया, दोषीलाई सजाय आदिमा हामीले १४ सय १३ वटा सिफारिस गरेका छौँ । हाम्रो सिफारिस पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन पूर्णरुपमा लागू भएका सिफारिस पूर्णरुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत छ ।,’’ आयोगका अध्यक्ष मगरले भन्नुभयो, ‘‘आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत छ, लागू नभएको ४५.५ प्रतिशत रहेको छ । हामी आयोगमा जोडिएपछि ९२९ थान निवेदन फर्छ्याेट भएका छन् । त्यसमध्ये आयोगले हामी आएपछि २१८ सिफारिस गरेको छ । मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान बाँकी छन्, त्यसमध्ये छानबिन भई निर्णय हुन बाँकी १४ सय ६२ छन् । त्यसमा निर्णयमा पुग्न बाँकी छ । २६ सय ८८ निवेदन अनुसन्धानका क्रममा छन् ।’’
अध्यक्ष मगरले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी चार हजार १५० थान र छानबिन भई निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताउनुभयो ।