उपाधिका लागि चन्द्रोदय र निर्मल भिड्दै

लोकप्रिय

हेटौँडा, असोज २६ गते ।
हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि निर्मल माध्यामिक विद्यालय र चन्द्रोदय मावि भिड्ने भएका छन् ।
शुक्रबार गौरीटार रंगशालामा भएको सेमिफाइल खेलमा निर्मल मावि बस्तीपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बिच भएको खेल ट्राइब्रेकरमा टुङ्गो लागेको थियो । प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा टुङ्गो लागेको आयोजकले जनाएको छ । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४ र जनजागृति माविले २ गोल गरेको थियो ।
मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुँदै आएको यस प्रतियोगितामा लागि यस वर्षबाट अष्ट्रेलियमा बस्दै आउनुभएका हेटौँडा २ निवासी रोशनप्रसाद दाहालले प्रतियोगिताको प्रायोजन गर्नुभएको छ । दाहालले आफ्ना पिता कृष्णप्रसाद दाहालको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रायोजन गर्नुभएको हो ।
फुटबल सङ्घको तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहालबिच पाँचका लागि प्रायोजन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
फुटबल प्रतियोगिताका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ देखि पाँच वर्षका लागि प्रायोजनको जिम्मेवारी दाहालले लिनुभएको छ ।
प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपियाँ दिने र सो रकममा प्रत्येक दुई वर्र्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ ।
दाहाल अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबका अध्यक्षसमेत हुनुहुन्छ ।
प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुनेभएको छ ।
विजेताले ५० हजार, उपविजेताले २५ हजार शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छन् । फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles