कंकाली विद्यालयको प्रशासनिक भवनको उद्घाटन

लोकप्रिय

काठमाडौं, असोज २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कंकाली माध्यमिक विद्यालय अन्तर्गत निर्माण गरिएको प्रशासनिक भवन तथा सामाजिक विषय संग्रहालयको समुदघाटन गर्नुभएको छ । 

चन्द्रागिरि –१३ अन्तर्गत पुरानो नैकाप (कंकाली) मा रहेको विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सो संग्रहालयको आज उदघाटन गरिएको हो । करिब डेढ करोड रुपियाँमा निर्माण गरिएको १२ कोठे भवन संग्रहालयको आज उदघाटन भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले विद्यालय नै गोरुवपूर्ण प्राकृतिक वातावरण रहेको स्थानमा रहेको र विद्यालयको पनि राम्रो सुधार भएकोमा विद्यालय परिवारको प्रसंशा गर्नुभयो । देशको समृद्धिका लागि शिक्षा नै आधारभूत आवश्यकता भएकाले सामुदायिक विद्यालयको योगदान अतुलनीय रहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सदस्य केशव पोखरेल, बालकुमारी विकसहित वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण खत्री, सामुदायिक विद्यालयका प्रअ, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles