काँग्रेसले जनतामा देखिएको निराशा चिर्न सक्नुपर्छ 

लोकप्रिय

गोरखा, असोज २६ गते ।

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उहाँले भन्नुभयो, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उहाँले चुनाव एउटा सामान्य प्रक्रिया भएको बताउनुभयो ।

उहाँले अहिले नागरिकमा ठूलो निराशालाई काँग्रेसले चिर्न सक्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले काँग्रेसलाई रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा काँग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles