चितवन प्रसाशनद्वारा नेपाल-भारत सीमाको निरीक्षण

लोकप्रिय

चितवन, असोज २६ गते ।

 चितवनको दक्षिणी भेगमा पर्ने माडीको सोमेश्वर क्षेत्रस्थित नेपाल भारत सीमाको चितवनको सुरक्षा निकायका प्रमुखहरुले स्थलग निरीक्षण गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापको नेतृत्वमा नेपाल-भारतको सीमास्थित ४५ नम्बर पिल्लर र सोमेश्वर गढी क्षेत्रको स्थलगत अवलोकन गरिएको हो ।

नेपालीहरुको महान चाड दसैँतिहार नजिकएसँगै सुरक्षा सतर्कता बढाउँदै आफूहरुले पहिलोपटक नेपाल–भारत सीमामा रहेको ४५ नम्बर पिल्लर र सोमेश्वर गढी क्षेत्रको स्थलगत अवलोकन गरेको प्रजिअ थापाले जानकारी दिए ।

जिल्लाका विभिन्न भू-भाग जोडिएका सीमाको रक्षा गर्नुसमेत सुरक्षा निकायका प्रमखहरुको प्रमुख दायित्व भएको र  सिमानामा हुने अवैध गतिविधि रोक्न निरीक्षण गरिएको प्रजिअ थापाको भनाइ थियो ।

ताजा समाचार

Related Articles