प्रिन्स क्वाटरफाइनलमा पराजित

लोकप्रिय

काठमाडौँ, असोज २६ गते । 

योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा शुक्रबार नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल न्यूजिल्यान्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित हुनुभएको छ ।

अष्ट्रेलियाको मेलवोर्नमा क्वाटरफाइनल पुग्ने क्रममा प्रिनसले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जौलाई २१–१०, २१–६, राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१–११, २१–१६ ले तथा प्रिक्वाटरफाइनलमा चाईनिज ताईपेईका पाङ्ग फोङ्ग पुइलाई २१–१८, १२–२१, २१–१४ ले हराउनुभएको थियो ।

पुरुष एकल तर्फकै अर्को खेलमा नेपालका प्रफुल महर्जन प्रिक्वाटरफाइनलमा जापानका शोता ओमोतोसंग ९–२१, १२–२१ ले स्तब्ध हुनुभयो ।  प्रफुलले पहिलो चरणमा अष्ट्रेलियाका केथ मार्क एडिशनलाई २०–२२, २१–१५, २१–१५ र दोस्रो चरणमा अष्ट्रेलियाका ओमकार निलमलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गर्नुभएको थियो ।

महिला डबल्समा वाई पाएर सिदै क्वाटरफाईनल पुगेका नङ्गशल तामाङ्ग र अनुमाया राईको जोडी क्वाटरफाईनलमा अष्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग ७–२१, १४–२१ ले हार्यो ।
पुरुष डबल्समा प्रिन्स र बिष्णुको जोडी प्रिक्वाटरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्या संग ८–२१, १७–२१ ले पराजित भयो । प्रिन्स र बिष्णुको जोडीले अन्मि ३२ मा अष्ट्रेलियाका हुईदोङ्ग ताङ्ग र जिउल झि लाई १०–२१, २२–२०, २१–१९ ले हराएको थियो ।

यसैगरी, पुरुष एकलमा बिष्णु कटुवाल आफ्नो पहिलो खेलमा अष्ट्रेलियाका रियो अगुष्टिनो संग ९–२१, ९–२१ ले, अनुमाया राई आफ्नो पहिलो खेलमा अष्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६–२१, १६–२१ र नङ्गशल तामाङ अष्ट्रेलियाकी टिफानी हो संग ७–२१, ८–२१ ले पराजित हुनुभएको थियो ।

ताजा समाचार

Related Articles