महानगरको कार्यपालिका बैठक बहिष्कार

लोकप्रिय

चितवन, असोज २६ गते ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरप्रमुख रेनु दाहालले एकलौटी रूपमा काम गरेको आरोप लगाउँदै कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

भरतपुर महानगरपालिकाको निर्णय गर्दा एकलौटी गरेको, संथगागत रुपमा निर्णय नगरेको, भ्रमण वर्ष २०२४ मनाउने तयारी गर्दा समन्वय नगरेकोलगायतका आरोप लगाउँदै कांग्रेसका प्रतिनिधिहरुले बैठक बहिष्कारको निर्णय गरेका हुन् ।
भ्रमण वर्ष महानगरको भन्दा व्यक्तिगत रूपमा मनाउन लागिएको जसरी प्रचार गरेको समन्वय नगरेको भन्दै बहिष्कार गरेको कांग्रेसका जनप्रतिनिधिहरुले जनाएका छन् ।

कार्यपालिका सदस्य तथा वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले विगतमा भएको सहमति कार्यान्वयन नगरेको, कांग्रेसका प्रतिनिधिमाथि निषेधको राजनीति गरिएको, समन्वय नगरी काम गनरेकोले बैठक बहिष्कार गरेको जानकारी दिनुभयो । महानगरपालिकामा उपप्रमुख चित्रसेन अधिकारीसहित कांग्रेसबाट विजयी भएका कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेका हुन् ।

ताजा समाचार

Related Articles