राष्ट्रपतिसमक्ष राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेस

लोकप्रिय

काठमाडौँ, असोज २६ गते ।

 राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको छ भन्नुभयो । उहाँले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशालाग्दो देखिएपनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक छैन भन्नुभयो ।

“तापनि जनजीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेछ भन्ने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।

उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्त्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक रहेको समेत बताउनुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले गरेका काम कावारहीको बारेमा संक्षिप्त जानकारी गराउनुभयो । उहाँले महिला हक अधिकारको संरक्षण तथा हिंसा पीडित महिलालाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles