कांग्रेस संसदीय दलबाट थापाको राजीनामा

लोकप्रिय

विराटनगर, असोज २७ गते । 

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा गर्नुभएको छ । थापाले राजनीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महसुस गरी पदबाट राजीनामा गरेको उहाँले बताउनुभयो ।

सरकार गठन प्रक्रियामा उत्पन्न असहज अवस्थाका कारण पनि नैतिकताका आधारमा राजीनामा गरेको उहाँले बताउनुभयो । आफ्नो राजीनामा कुनै आग्रहमा नआएको र केही समय अगाडि नै राजीनामा गर्न खोजेपनि विभिन्न परिस्थितिले नमिलेको उहाँले बताउनुभयो ।

उहाँले गठबन्धन प्रदेशमा कायम रहने र २०८४ को निर्वाचनसम्म निरन्तर रहने बताउनुभयो ।

ताजा समाचार

Related Articles