काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन

लोकप्रिय

काठमाडौँ, असोज २७ गते । 

त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्नुभएको छ । उहाँले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गर्नुभयो । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गर्नुभयो । 

एपीएफका सन्तोष विष्ट दुई घण्टा ३७ मिनेट ०१ सेकेण्ड समयसहित उपविजेता बन्नुभयो । सन्तोषले ५० हजार रुपियाँ पाउनुभयो । एपीएफकै राजन चौधरी (दुई घण्टा ४३ मिनेट ०१ सेकेन्ड) तेस्रो हुनुभयो । उहाँ पछिल्लो संस्करणमा पनि तेस्रो स्थानमा रहनुभएको थियो । उहाँ २५ हजार रुपियाँको हकदार बन्नुभयो ।

यसैगरी, हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का र महिलातर्फ एपीएफी विन्द्रा श्रेष्ठ च्याम्पियन हुनुभयो । खड्गले सबैभन्दा चाँडै एक घन्टा ०७.२९ सकेन्ड लगाएर २१ किलोमिटर दौड सकाउनुभयो । किरणसिंह बोगटी (१ः०८.५६ सकेन्ड) दोस्रो र एपीएप्mका राजेन्द्र तामाङ (१ः१४.३७ सकेन्ड) तेस्रो हुनुभयो । एपीएफका बोगटी १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाउने धावक हुनुहुन्छ ।

एपिएफकी विन्द्रा श्रेष्ठले एक घन्टा २५ मिनेट ४१ सकेन्ड समय लगाएर महिला हाफ म्याराथन जित्नुभयो । विन्द्रा नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनकी च्याम्पियन हुनुहुन्छ । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने (१ः२७.०७ सेकेन्ड) उपविजेता र नेपाल प्रहरीकी सुमित्रा चौधरी (१ः३०.३८ सेकेन्ड) तेस्रो स्थानम रहनुभयो । दुवै वर्गको हाफ म्याराथनमा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

यसैगरी पाँच किलोमिटर पुरुष ओपनमा नागेश्वर अहिर पहिलो, सञ्जीव नेपाली दोस्रो र गोपाल तामङ तेस्रो हुनुभयो । सोही दूरीमा महिलातर्फ विमला तामाङ, बबिता राई र बसन्ती गोले शीर्ष तीनमा रहनुभयो ।

ताजा समाचार

Related Articles