केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

लोकप्रिय

विराटनगर, असोज २७ गते ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ ।

शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हुो ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनुभएको थियो ।

सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गर्नुभएको थियो । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।
नेकपा ९एमाले० का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्नुभएको छ ।

ताजा समाचार

Related Articles