हेटौँडा साईकल रनको उपाधि आशिष थापालाई

लोकप्रिय

हेटौँडा, असोज २७ गते ।
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको हेटौँडा साइकल रन दोश्रो संस्करण २०८० को उपाधि हेटौँडा–६ का आशिष थापा मगरले जित्नुभएको छ ।
हेटौँडामा शनिबार भएको प्रतियोगितामा प्रथम हुँदै थापा मगरले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा हेटौँडा–६ का हरेराम राई द्वितीय र हेटौँडा–२ का विबै सिं मोक्तान तृतीय हुँदा हेटौँडा–४ का राजीव ठाकुर र प्रदीप थापाले प्रोत्साहन पुरस्कार पाउनुभयो । साइकल रनमा द्वितीय राईले ३० हजार, तृतीय भएका मोक्तानले २० हजार तथा ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप जनही पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको थियो ।
यस्तै प्रतियोगितामा सहभागी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप जनही दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । हेटौँडा–४ स्थित हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौँडा–फापरवारी सडक हुँदै नागस्वती, कमाने, गर्दोहीबाट हुप्रचौरमा आइपुगेर समापन भएको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौँडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्यका लागि साईकल यात्रा उपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles