इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त

लोकप्रिय

काठमाडौँ, असोज २८ गते ।

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।

इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार, नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेसराज विष्ट र अविनाश चौधरीको शव प्राप्त भएको छ । 

सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जानकारी पनि दूतावासले दिएको छ । 

साथै, उपलब्ध संयन्त्रहरुको प्रयोग गरी सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीव्र पारिएको छ ।

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका (१ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका) छन् भने २ जना अस्पतालमा उपचाररत छन्।

ताजा समाचार

Related Articles