वडा कार्यालय भवनको उद्घाटन

लोकप्रिय

हेटौँडा, असोज २८ गते । 

मकवानपुरको मनहरी गाउँपालिका ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । 

वडा कार्यालय भवन मनहरी गाउँपालिकाको ८७ लाख रुपियाँको लागतमा निर्माण गरिएको वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो । यस्तै, वडा कार्यालयले वडाभित्रका दुई माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न सहजताका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा रमन्टार माध्यामिक विद्यालय र रोटरी माविका विद्यार्थीलाई साइकल वितरण गरिएको छ । 

विद्यालय आउजाउ गर्न समस्या भएका र जेहेन्दार २३ जना विद्यार्थीलाई दुई लाख रुपियाँ खर्चेर साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय भवन उद्घाटन गर्दै कांग्रेस बागमती प्रदेशका सभापति बानियाँले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका कावा अध्यक्ष शिवप्रसाद खनाल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा (एमाले) मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिका निवर्तमान अध्यक्ष एकराज उप्रेतीलगायतले बोल्नुभयो । 

ताजा समाचार

Related Articles