आजदेखि दसैँका लागि नयाँ नोट

लोकप्रिय

काठमाडौँ, असोज २९ गते । 

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नाेट दिन सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन सुरु गरेको हो ।

नयाँ नोट लिनका लागि सर्वसाधारण लाइन लागेका छन् । यसपालि दसैँका लागि मात्रै १० अर्बभन्दा बढी रुपियाँको नयाँ नोट छापेको छ ।

राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपियाँसम्म साट्न पाउने सुविधा दिएको छ । सर्वसाधारणले दसैँका लागि पाँच रुपियाँदेखि एक सय रुपियाँसम्मको नयाँ नोट पाउनेछन् ।

ताजा समाचार

Related Articles