मधेश प्रदेशमा डेंगु रोगको संक्रमित बढ्दै

लोकप्रिय

जनकपुरधाम, असोज २९ गते  ।

मधेश प्रदेशका जिल्लाहरूमा पछिल्लो समयमा डेगु रोगको संक्रमण फैलिन थालेको छ । विगतमा डेंगुको सङ्ख्या निक्कै कम भएपनि अहिले आएर ५ लेखि ७ जना डेंगुका बिरामीहरू उपचारका लागि आउने गरेको छ । 

खास गरेर प्रादेशिक अस्पतालको प्रयोगशालामा रगत परीक्षण गर्दा सो सङ्ख्यामा डेंगु संक्रमितहरु फेला पर्न थालेको छ । पछिल्लो समयमा ठिक्कको गर्मी तथा चिसो शुरु भएका कारणले जनकपुरधाममा लामखुट्टेको सङ्ख्या बढ्न थालेपछि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको प्रादेशिक अस्पतालको प्रयोगशालाले जनाएको छ । 

मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले जनसङ्ख्या तथा जनघनत्वको हिसाबले यो सङ्ख्या कम रहेको जानकारी दिँदै फाटफुट रुपमा केशहरू आउनु सामान्य भएको बताउनु भयो । डेंगु रोगबाट जोगिनका लागि सधैँ झुलमा सुत्नु पर्ने र आशङ्का लागेको खण्डमा यसको तत्काल परीक्षण गर्नु सुझाव चिकित्सकले दिँदै आएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि डेंगु रोगका संक्रमितहरु फाट्टफुट्ट रुपमा देखिन थालेको छ । तर अहिले खतराको अवस्था नभएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्रले जानकारी दिनु भयो । देखिएका व्यक्तिहरूमा डेंगुका सामान्य लक्षणहरू रहेको पाइन्छ । 

मधेश प्रदेशको जनसङ्ख्या करिब ५४ लाख भन्दा बढी भएकाले फाटफुट रुपमा डेंगु देखिनु सामान्य रहेको छ । यसका लागि आफै सजगता अपनाउन जरुरी रहेको छ । मधेश प्रदेशसँग जोडिएको कोशी, बागमतीमा यसको डेंगुको संक्रमण अधिक रहेको छ । 

खास गरेर भाडामा जमेको पानी, गमलाको पानी, टायरको पानी तथा बोतलमा रहेको पानीमा डेंगु रोग सार्ने लाम खुट्टे उत्पादन गर्ने भएकाले पानी जम्न नदिने तर्फ ध्यान दिन आवश्यक रहेको छ ।  

ताजा समाचार

Related Articles