कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

लोकप्रिय

काठमाडौँ, कात्तिक १ गते ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्तुत गर्नुको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो । 

कुल ९३ सांसद रहेको प्रदेशसभामा ९१ जना सांसद उपस्थित हुनुभएको जानकारी दिनुहुँदै उपसभामुख दनुवारले विश्वासको मतको पक्षमा ८६ मत, विपक्षमा ५ मत परेको जानकारी सभालाई दिनुभयो ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभालाई जानकारी गराउनुभएको थियो । 

यही असोज २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । काँग्रेस माओवादी गठबन्धनले नेकपा माओवादी केन्द्रमा संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि कार्कीले नेकपा एमालेको साथ लिएर मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ , राप्रपाका छ, समाजवादीका चार र जसपाका एक जना सांसद रहेका छन् । 

ताजा समाचार

Related Articles