प्रदेशस्तरीय प्रशिक्षक तथा रेफ्री सेमिनार हुने

लोकप्रिय

घोराही, कात्तिक ६ गते ।

लुम्बिनी प्रदेशस्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० हुने भएको छ । खेलाडीको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश हाप्किडो सङ्घको आयोजनामा लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिकामा प्रदेशस्तीय सेमिनार हुनेभएको हो ।

सेमिनार कात्तिक ११, १२, १३, १४ र १५ गते हुनेभएको लुम्बिनी प्रदेश हाप्किडो सङ्घका अध्यक्ष टेकराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय सेमिनारमा सङ्घका केन्द्रीय प्रमुख प्रशिक्षक प्रविन गुरुङ लगायतका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम छ । 

प्रदेश अध्यक्ष केसीले भन्नुभयो, ‘खेलाडीहरुको नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय समिनार हुन थालेको छ ।’ सेमिनारमा एकसय बढी प्रशिक्षकहरुको सहभागिता हुनेभएको छ । 

 सेमिनारमा प्रदेशका १२ वटै जिल्लाका प्रशिक्षकहरुको सहभागिता रहने आयोजक लुम्बिनी प्रदेश हाप्किडो सङ्घले जनाएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हाप्किडो सङ्घमा आबद्ध २० हजार  खेलाडी छन् ।

ताजा समाचार

Related Articles